भर्चुअल माध्यमबाट “ओनिम्स डे २०७८” सम्पन्न

काठमाडौं । वोमेन ओफ नेपाल इन माथेमातिकल साईन्सस (वोणिम्स्)ले आफ्नो स्थापना दिवसको अवसर पारेर यहि पुष १३ गते शनिवार भर्चुअल माध्यमबाट “ओनिम्स डे २०७८” कार्यक्रम सम्पन्न गरेको छ। ओनिम्सकी सचिव अन्जना पोखरेलले सञ्‍चालन गरेको उक्त कार्यक्रममा अध्यक्ष धनकुमारी थापाले ओनिम्सको परिचयात्माक र कार्यात्मक बिवरण पेश गर्नु भएको थियो।
गणित विज्ञान ट्रष्ट नेपाल, नेपाल गणित केन्द्र, नेपाल गणित समाजका अध्यक्ष क्रमशः प्रा ।डा । भद्रमान तुलाधर, प्रा ।डा । सिद्धि कोइराला, प्रा ।डा । नारायण पहारी तथा ओनिम्सकी पूर्वअध्यक्ष प्रा ।डा । शान्ति बज्राचार्य, गणित शिक्षा परिषद्का महासचिव रमेश अवस्थीको आतित्थ्यमा सम्पन्न कार्यक्रममा काठमाण्डौं विश्वबिध्यालयमा पि एच डि अध्ययनरत शर्मिला श्रेष्ठले “स्तन ट्युमरमा तापक्रमको बितरण सम्बन्धी गणितिय अध्ययन” शिर्षकमा आफ्नो अनुसन्धात्मक कार्यको प्रस्तुति दिनु भएको थियो। कार्यक्रममा प्राध्यापक शारदा श्रेष्ठ, सहप्राध्यापक बद्रीलक्ष्मी वैद्यलगायत विभिन्न विद्यालय र क्याम्पसमा गणित अध्ययन, अध्यापन र अनुसन्धानसँग आबद्ध ओनिम्सका आजीवन तथा साधारण सदस्यहरुको उपस्थिति थियो।
अतिथिहरुले ओनिम्सले गरेको कार्यको प्रशंसा गर्दै गणितमा महिलाहरुको सहभागिता बढाउन, गणितलाई सहज, सरल र व्यवहारिक जीवनसँग जोड्न सदैव क्रियाशील रहेर पेशागत र शैक्षणिक वृद्धीका लागि ओनिम्स अगाडि बढ्नेमा विश्‍वास व्यक्त गर्नुको साथै आगामी दिनमा ओनिम्सको सफलताको शुभकामना प्रदान गर्नु भएको थियो।
ओनिम्सका प्रेरणा श्रोत स्व । प्रा ।डा । राममान श्रेष्ठको परिकल्पनामा २०७० साल पौष १३ गते स्थापना भएको ओनिम्सले प्रत्येक वर्ष पौष १३ गतेलाई “ओनिम्स डे” को रुपमा मनाउदै आएको छ।