टोखादेखि झोरसम्मः साक थोन–२०७८ सम्पन्न

काठमाडौ । टोखा नगरपालिकाको सहयोग र सहकार्यमा संसाक मासिकले तेस्रो साक थोन–२०७८ सम्पन्न गरेको छ । ‘स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड पालन गरौँ, कोभिड सङ्क्रमण केही होइन भन्ने धारणा फालौँ’ भन्ने नाराका साथ दुई समूहमा गरेर करिब ५० जना साहित्यकार, कविहरूको उपस्थितिमा जनचेतनामूलक साक थोन–२०७८ को आयोजना गरिएको हो ।                        यही  माघ ४ गते मङ्गलबार बिहान ०७ ः ३० बजेबाट टोखा–३, टोखा गेटदेखि सुरु भएर टोखा–१, झोरको कोटे फर्म हाउस रिसोर्टमा पुगेर दौड समापन भएको थियो ।   
विदुषी प्रा.डा. गार्गी शर्माले टोखा गेटमा ‘साक थोन–२०७८ को शुभारम्भ भएको घोषणा गर्दछु’, भनेर सुरु भएको दौड झोरको सीमा चौरमा पुगेर मञ्चको कार्यक्रमपश्चात् ‘साक थोन–२०७८ को समापन भएको घोषणा गर्दछु’, भनेपछि साक थोन–२०७८ समाप्त भएको थियो ।
दौडको समापन गर्दै प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले दौडले आपूmलाई आनन्दको अनुभूति भएको बताउनुभयो । उहाँले सिर्जनाले अन्तर मनको भावनालाई व्यक्त गर्ने हुनाले राष्ट्रिय भावनाका सिर्जनाहरू जहिले बलशाली हुन्छन्, भन्नुभयो ।  जनप्रतिनिधिहरूले हजारौँ समस्यासँग जुघ्नु पर्नेहुन्छ, तरपनि साहित्यकारलाई नगरपालिकाले कहिल्यै खालीहात फर्काएको छैन, धेरथोर सहयोग गरिहहेकै छ, मेयरको भनाइ थियो । ‘ज्ञान आलोक हो, चर्म चछु नभएको मान्छे अन्धो हुन्छ, ज्ञान चछु नभएको मान्छ मूर्ख हुन्छ’, प्रमुख अधिकारीले भन्नुभयो, ‘कवि, सर्जक यी दुवै चछुबाट हेर्ने मान्छे हुन्, यिनको सम्मान टोखा नगरपालिकाले गरिरहेको छ ।’                                                                                                        यस्ता साहित्यिक कार्यक्रमहरूले मनोरञ्जनको साथै ज्ञान पनि दिने भएकोले कार्यक्रमको सार्थकता र संसाक प्रकाशन गर्न केही सहयोग पुगोस् भनेर नगरपालिकाले सहयोग गरेको पनि उहाँले बताउनुभयो । साहित्यकारहरूको वेदनालाई हामीले बुझेका छौँ, भन्दै कार्यक्रम बृहत्, उद्देश्यमूलक र सार्थक भएमा सदा सहयोग गर्न तत्पर रहेको पनि उहाँले बताउनुभयो ।
‘विकास, निर्माण र समृद्धिको काममा टोखा नगरपालिकाले यो साढे चार वर्षको अवधिमा ८० प्रतिशतको सफलता हासिल गरिरकेको छ, जनताको साथ र सहयोग पाएका बाँकी काम पनि पूरा गरी यस नगरीलाई सुखी र समृद्ध बनाउन लागिरहने छु’, मेयर अधिकारीको भनाइ थियो, ‘कवि साहित्यकारका विचार र कलमले पनि विकास र समृद्धिका कुरामा आवाज उठाउनु आवश्यक छ ।’ राम्रो काम गर्ने जो सुकैलाई पनि हामीले सम्मान गर्न जान्नुपर्छ र गर्नु आवश्यक पनि छ । विकास र समृद्धिको बाटोमा हामी कसैले पनि पार्टी–विचार, रङ्ग र जात नहेरौँ, अधिकारीको भनाइ थियो ।
समापनमा टोखा नगरपालिका १ नं. वडाका अध्यक्ष श्रीकृष्ण अधिकारीले टोखाको यस ठाउँमा आएर विद्वान कवि, साहित्यकारहरूले आफ्ना विचारहरू राख्ने र यसको प्रचार–प्रसार गर्ने जुन काम गर्नुभएको छ, त्यसले आपूmलाई गर्व लागेको छ, भन्नुहुँदै यसैगरी स्वागत र सहयोग गर्न नगरपालिका र आपूm सधैँ तत्पर रहेको कुरा बताउँनुभयो । उहाँले साहित्यिक कर्मले स्वयम् व्यक्तिमात्र विद्वान र ज्ञानी हुने हैन, यसले सामाजिक परिवर्तन र क्रान्तिमा ठूलो भूमिका खेल्छ, भन्नुभयो ।
कार्यक्रमका सभापति तथा कवि÷समालोचक डा.शैलेन्दुप्रकाश नेपालले कार्यक्रमको औचित्य र महत्वमाथि प्रकाश पार्दै साक थोनले मनोरञ्जन उर्जा, शक्ति र विचार दिने हुनाले सबै लेखक, कविहरूमा साक थोन आवश्यक भएर नै यसले निरन्तरता पाउँदै आएको हो, भन्नुभयो । ‘हामी दौडन सक्दैनौँ, यो हाम्रो हिडाइ हो । यो एउटा प्रतिकात्मक कार्य हो, यसले पछिल्ला पुस्ताहरूलाई प्रेरणा र हौसला दिनसक्छ’, डा.नेपालको भनाइ थियो ।
कार्यक्रममा आफ्नो धारणा राख्नुहँदै प्रा.डा. गार्गी शर्माले आफ्नो पालामा छोरीहरूले बल्लबल्ल पढ्न पाए पनि यसरी खेलकुद र मनोरञ्जनमा सहभागी हुने कल्पनासम्म पनि गर्न सकिन्नथ्यो, त्यस्तो अवस्थाबाट हुर्किंदै आएको आपूmले आज यसरी विभिन्न खेलकुद र मनोरञ्जनमा सहभागी हुन पाउँदा आपूmलाई भाग्यमानी ठानेको छु, भन्नुभयो ।
समापन कार्यक्रममा पुरस्कृत कविहरू जसध्वज गुरुङ (२०७७) र माधवलाल श्रेष्ठ (२०७८) ले पुरस्कृत हुँदाको अनुभव, दौडको आवश्यकता र सहभागिताको लागि कवि, साहित्यकारहरूलाई आव्हान गर्दै आफ्ना भनाइहरू राख्नुभएको थियो ।
दौडपछिको समापनमा मुक्तककार राजेन्द्र घिमिरे सागर, कवि शारदा घिमिरे भैल, कवि÷गायक रेणु अधिकारी मौनता, कवि माधव विडारी, कवि कृष्ण मोक्तान र कवि वासुदेव ठकुरीले आआफ्ना सिर्जनाहरू वाचन गर्नुभएको थियो ।
कार्यक्रमका सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथिलगायतले प्रथम साक थोनदेखि उत्कृष्ट हुनुभएका निम्न अनुसारका सहभागीहरूलाई गादा–माला, सम्मानपत्र र नगद सहित पुरस्कृत गर्नुभएको थियो ।