मृगौला, कलेजो, मुटु लगायतका रोगको नियमित परिक्षण सरकारले निशुल्क गर्ने मन्त्रीपरिषदको निर्णय

काठमाडौं । मृत्यु पश्चात आफ्नो शरीरको अंगदान घोषणा गर्नुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रश्तावमा सरकारका सबै मन्त्रीहरुले पनि सोही निर्णय कार्यान्वयन गर्नुहुने भएको छ । आज सम्पन्न मन्त्री परिषद बैठकमा यस्तो निर्णय भएको हो । स्वास्थ्य सेवा दिवश २०७८ को अवसर पारी मन्त्री खतिवडाले यस्तो घोषणा गर्नुभएको थियो । मन्त्रीलाई साथ दिँदै मुख्य सचिव शंकरदाश बैरागीले पनि अंगदान गर्ने घोषणा गर्नुभएको थियो ।
यस्तै मन्त्रीपरिषद बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावलाइृ समेत स्विकृत गरेको छ । सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको छ । यसैगरी ५० वर्ष भन्दा माथि उमेर समुहका नागरिकहरुको मृगौला, कलेजो, मुट लगायत अन्य रोगसम्वन्धी परिक्षणहरु सरकारले नियमित रुपमा वर्षको एकपटक निशुल्क रुपमा गर्ने निर्णय पनि गरेको छ । यसको लागि मन्त्रालयले प्रस्ताव अघि सारेको थियो ।