नेकपा एमाले शिवपुरी वडा न ६ ले गर्यो खेलाडीलाई सम्मान

काठमाडौ । नेपाल कम्युनिस्ट पाटि एमाले शिवपुरी गाउँपालिका वडा न ६ कमिटीले शिवपुरी ६ का खेलाडीहरुलाई सम्मान गरेको छ। शिवपुरी वडा न ६ बाट शिवपुरी वडा कप फुटबल खेलमा प्रथम भएको थियो । नेकपा एमाले शिवपुरी वडा ६ कमिटीले वडा कार्यलय परिसर एक कार्यक्रम गरि सम्मान गरेको थियो । उक्त कार्यक्रममा नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो ।
खेलाडीहरुलाई नेता मैनालीले ब्यक्तिगत रु पाच हजार र वडा कमिटी बाट रु पचिस हजार गरि नगद तीस हजार र प्रमाणपत्र सहित खेलाडी टिमका
कप्तान तामाङ सहित १५ जना खेलाडीलाई सम्मान गरेका थिए। सम्मान कार्यक्रममा अतिथिहरु नेकपा एमाले प्रदेश कमिटी सदस्य जितेन्द्र विष्ट,दिनेश अधिकारी जिल्ला कमिटी सदस्य मगलमाया थापा , दिपक कार्की गाउँपालिका ईन्चार्ज श्याम लामा , वडा अध्यक्ष लाल बहादुर तामाङ ,नेपाली काङ्ग्रेस वडा सभापति माधव पाठक ,रहेका थिए। कार्यक्रम सञ्चालन नेकपा एमाले शिवपुरी गाउँपालिका कमिटी अध्यक्ष बिष्णु श्रेष्ठले गरेका थिए भने कार्यक्रमको सभापति वडा कमिटी अध्यक्ष रत्न तामाङले गरेका थिए।