नुवाकोटको पिपलटारमा क्लब स्तरीय फुटसल हुने

काठमाडौ  । नुवाकाेटकाे पिपलटारमा क्लव स्तरीय खुल्ला फुटसल प्रतियाेगिता हुने भएकाे छ ।पिपलटार फुटवल क्लव काे आयाेजनामा यहि चैत्र १९ गते उद्घाटन भई प्रतियाेगिता सञ्चालन हुने क्लवले जनाएकाे छ ।                                                                                  वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सो प्रतियोगिता उद्घाटन गर्नेछन् ।खुल्ला रुपमा टिम सहभागी हुन पाउने प्रतियाेगिताकाे विजेताले नगद रु ६० हजार,शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद रु ३० हजार,शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन ।                                                                                                        प्रतियाेगिताका खेलहरु लिगकम नकआउटका आधारमा खेलाईने छ । प्रतियाेगिताकाे टिम शुल्क आठ हजार राखिएकाे छ भने खेलाडि दर्ता ८ जना गरिने आयोजक क्लबले जनाएकाे छ । उक्त दिन पिपलटारमा सञ्चालन गरिएकाे पिपलटार फुटसलकाे ओैपचारिक उद्घाटन समेत प्रदेशकाे मुख्यमन्त्री पाण्डेले गर्ने सञ्चालक उदव पनेरुले जानकारी दिए।