वैशाख १गते दुप्चेश्वरमा हुने रेस्लिङ खेलको लागि तयारी पुरा
काठमाडौ। नयाँ वर्ष २०७९ बैशाख १ गते नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा हुने दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ खेलको तयारी पुरा भएको नेपाल रेस्लिङ सघं नुवाकोटका अध्यक्ष प्रहलाद थापाले जानकारी दिए। थापाले भने नुवाकोटको प्रख्यात धार्मिक पर्यटकीय स्थल दुप्चेश्वर महादेव मन्दिरको प्रवद्वन तथा प्रचारप्रसारका लागि नयाँ वर्ष २०७९ को अवसरमा नेपाल रेस्लिङ गर्ने लागिएको बताए ।
दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिता २०७९ मा
नुवाकोटे टाइगर, प्रथम हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइड, योङ स्याडी, टुप्पी ग्याङ, जोन, सिजे वल्र्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोबर्ट लगायतका नेपालका प्रख्यात रेस्लरहरुको महा भिडन्त हुनेछ र साथमा लाईभ लोकदोहोरि पनि हुनेछ । दुप्चेश्वरमा रेस्लिङ हेर्न जानको लागि शिवपुरी गाउँपालिकाको चालिसे बाट बसको पनि ब्यवस्था गरिएको रेस्लिङ सघ नुवाकोटका अध्यक्ष प्रहलाद थापाले जानकारी दिए।