नेकपा एकीकृत समाजवादीले गर्यो तादी काठमाडौ सम्पर्क मञ्च गठन
काठमाडौ । नेकपा एकीकृत समाजवादी पाटि निकट नुवाकोटको तादि काठमाडौ सम्पर्क मञ्च गठन शनिबार गठन गरेको छ। पार्टीका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश अध्यक्ष सावित्रा भुषालको उपस्थितिमा नेपालटारको कान्तिपुरि एबि पाटिप्यालेसमा तादी काठमाडौ सम्पर्क मञ्चको भेला सम्पन्न भएको थियो । भेलाले अध्यक्षमा दामोदर पण्डित, उपाध्यक्षमा योग प्रसाद दहाल दिपक तामाङ, सचीवमा सुबाश तामाङ र उप सचिबमा केशब अधिकारी रहेको २७ सदस्यीय तादी काठमाडौ सम्पर्क मञ्च गठन गरेको छ।
साथै भेलाले अध्यक्षमा हेम तामाङ, उपाध्यक्षमा नवीन तामाङ र सचीवमा नवीन तामाङ रहेको ९ सदस्यीय युवा संघ नेपाल तादी काठमाडौ सम्पर्क मञ्च पनि गठन गरेको नेकपा एकीकृत समाजवादी प्रदेस कमिटी सदस्य केपि लामिछानेले जानकारी दिए।