गएरातिको वर्षाले साङ्ला खोलाको पक्की पुल भत्कियो, आवतजावत बन्द
तारकेश्वर, ५ साउन । गएरातिको अविरल वर्षाले तानपा १ मा अवस्थित साङलाखोलाको पक्कि पुल काम नलाग्ने गरि क्षतिग्रस्त भएको छ ।
पुल भत्किएसँगै दुईतर्फी सम्पर्क टुटेको छ भने ढलमल, भत्केको पुल हुँदै साङ्ला लामपिडी, भलेश्वर टोल एवं साङ्ला जोड्ने मुख्यमार्ग बन्द भएको छ । पुल वा डाइभर्सन नबन्दासम्म ती क्षेत्रका मानिसले फुटुङको बाटो प्रयोग गर्नुपर्ने भएको छ ।
साथै, अविरल वर्षाले साङ्लाखोला आसपासका जमिन कटानी गरेको छ भने कतिपय घरहरुमा पनि क्षति पुर्याएको स्थानीयले बताएका छन् ।