तारकेश्वर शैक्षिक मन्चले गर्यो अन्तर विद्यालय चेस प्रतियोगिता सम्पन्न
काठमाडौ । तारकेश्वर शैक्षिक मञ्चले शनिबार अन्तर विधालय चेस प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम तारकेश्वर वडा न ११ मा रहेको गुरुकुल स्कुलमा भएको थियो । चेस प्रतियोगितामा १३ ओटा स्कुलहरु सहभागी भएका थिए। चेस प्रतियोगितामा प्रथम नर्थ पोल स्कुल ,द्वितीय हुने इमेज एकेडेमी ,तृतीय हुने गिनिज पब्लिक स्कुल ,सान्त्वना जेनियल मोडल स्कूल भएका थिए।