एन्जल्स हार्ट स्कुलले प्रथम एन्जल्स एस ई ई फुटसल प्रतियोगिता गर्ने

काठमाडौ । तारकेश्वर नगरपालिका वडा न १० मा रहेको एन्जल्स हार्ट सेकेन्डरी स्कुलले खेलकुद स्वास्थ्यको लागि स्वास्थ शिक्षाको लागि,शिक्षा राष्ट्रको लागि ,भन्ने मुल नाराको साथ एस ई ई दिएर बसेका विधार्थीहरका विच प्रथम एन्जल्स एस ई ई फुटसल प्रतियोगिता यहीँ असार २८ गते देखि ३१ गते सम्म गर्ने भएको छ।                                   उक्त प्रतियोगिता तारकेश्वर वडा न ९ इन्देणि पुल नेर ए वान फुटसलमा विहान १० बजे देखि ४ बजेसम्म हुनेछ । खाली समयको सदुपयोग गरि स्वास्थ्य र रचनात्मक जीवन शैलिमा आवश्यक गर्ने प्रतियोगिताको उधेश्य रहेको छ। प्रतियोगितामा ५ ए साईड बिधा अन्तरगत league cum knock out प्राणालीमा रहि हुने प्रेस विज्ञप्तिमा उल्लेख्य गरिएको छ। प्रतियोगितामा सहभागी प्रथम हुनेलाई रु तीस हजार नगद र प्रमाण पत्र र मेडल १००% छात्रवृत्ति एन्जल्स हार्ट कलेजमा अध्ययन गरन दिईने छ।त्यस्तै दोस्रो हुनेलाई रु बीस हजार नगद र प्रमाणपत्र मेडल र ७५% छात्रवृत्ति दिईनेछ।तेस्रो हुनेलाई प्रमाणपत्र र ३०% छात्रवृत्ति दिईने छ।उक्त प्रतियोगिता काठमाडौ भरबाट ३० ओटा विधालय सहभागी हुने एन्जल्स हार्ट स्कुलका प्रिन्सिपल धन बहादुर पुनंले पत्रकार सम्मेलनमा जानकारी दिए। पत्रकार सम्मेलनमा प्रमुख अतिथि तारकेश्वर वडा न १० का अध्यक्ष कुमार राई रहनु भएको थियो ।                 अतिथिहरुमा प्र डा लोकेन्द्र शेरचन, प्र श्यामकृष्ण बिष्ट पिटि ए का चेयरमेन ईश्वर श्रेष्ठ एन्जल्स स्पोर्ट्स एकेडेमीका चेयरमेन खिम बहादुर थापा रहेका थिए।