बागमती प्रदेशले छात्रालाई छात्रवृत्ति कार्यक्रम र सामुदायिक विद्यालयमा स्कुलबस चलाउने
काठमाडौ, २८ असार । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बागमती प्रदेश सरकार सामुदायिक विधालयको शैक्षिक गुणस्तर सुधार गर्न लागिरहेको बताएका छन् ।
तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थलीको काभ्रेस्थली माविको मंगलबार आयोजित ६० औं वार्षिकोत्सव समारोहमा बोल्दै मुख्य मन्त्री पाण्डेले अहिले प्रदेश सरकारले सरकारी विधालयमा अध्ययनरत छात्राहरुको लागि छात्रवृत्ति कार्यक्रम ल्याएको र विधालयका लागि स्कुल बसको पनि ब्यवस्था गर्ने कार्यक्रम अघि बढाएको छ । उनले भने, सामुदायिक विधालयका भवनमात्र राम्रो भएर मात्र हुँदैन गुणस्तर वृद्धिका लागि प्रदेश सरकारले विधार्थी अभिभावक शिक्षा कार्यक्रम पनि गर्छ ।
बागमती प्रदेश सरकारले काभ्रेस्थली माविको भौतिक पुर्वाधार विकासका लागि पनि सहयोग गर्ने मुख्यमन्त्री पाण्डेले आश्वासन दिए ।