जन्मदिनको अवसरमा पत्रकार कल्याणकारी कोषमा रकम हस्तान्तरण
काठमाडौ,असार ३० । समाजवादी प्रेस संगठनका उपाध्यक्ष शान्तराम विडारीले आफ्नो जन्मदिनको अवसरमा संगठनको पत्रकार कल्याणकारी कोषमा रकम हस्तान्तरण गरेका छन् ।
आफ्नो ४३ औं जन्म दिनको अवसरमा उनले नेकपा (एकीकृत समाजवादी)को प्रचार विभागले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा समाजवादी प्रेस संगठनको कल्याणकारी कोषमा जम्मा हुने गरी १० हजारको चेक हस्तान्तरण गरेका हुन् । प्रेस संगठनका महासचिव भुपराज खड्कालाई विडारीले चेक हस्तान्तरण गर्नुभएको हो । प्रेस संगठनको विधानले व्यवस्था गरे बमोजिम कल्याणकारी कोषमा उनले रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा उपमहासचिव डा.गंगालाल तुलाधर, केन्द्रीय सदस्य दामोदर अर्याल ,समाजवादी प्रेस संगठनका महासचिव तथा प्रचार विभागका सदस्य भुपराज खड्का, प्रचार विभागका सदस्यहरु लेखनाथ शिकारु, जिके पोखरेल, भवानी कार्की ,कृतु भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साह लगायतको उपस्थिति रहेको थियो ।