महालक्ष्मी नगर शिक्षा समिति र सामूदायिक विद्यालय व्याबस्थापनबिच छलफल
काठमाडौ । ललितपुरको महालक्ष्मी नगरभित्रका सबै सामूदायिक विद्यालयको स्तरोन्नती, व्याबस्थापन, अनुगमन र आगामी योजना निर्माणका लागि महालक्ष्मी नगर शिक्षा समिति र विद्यालय व्याबस्थापनबिच संयुक्त्त बैठक जारी छ ।
एक हप्ताभित्र नगरभित्रका १४ ओटै सामुदायिक विद्यालयको अवलोकन निरिक्षण गर्ने कार्यक्रमअनुसार महालक्ष्मी नगरका नगरप्रमुख, उपप्रमुख, सम्बन्धित वडा अध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक तथा अभिभावकबिच छलफल गरी राम्रा नराम्रा पक्षलाई घनिभूत ढंगले नियाल्दै सामूदायिक विद्यालयको स्तरोन्नतीमा ध्यान दिने प्रमुख शिक्षा अधिकृत चिरञ्जिवी पौंडेलले जानकारी दिए । पौडेलले सामूदायिक विद्यालयको व्यावस्थापन चुस्त बनाउन, गुणस्तर बढाउन, विद्याथीहरुलाई सहयोग गर्नकै लागि यो कार्यक्रम राखिएको जानकारी दिए ।
यसैक्रममा अहिलेसम्म गम्भिर समुन्द्र, महेन्द्र आदर्श, महेन्द्र ग्राम मावि, सिद्धी मंगल मावि, भानुदय मावि हुदै आज बुधवार चांगाथलीस्थित नारायणी आधारभूत स्कुलमा संयुक्त बैठक सम्पन्न भएको छ ।
सो अवसरमा महालक्ष्मी नगरका प्रमुख हरिगोबिन्द श्रेष्ठले महालक्ष्मी नगरलाई शैक्षिक हव बनाउने योजना अनुरुप नगरमा शिक्षा समितिको गठन गरेर स्कुल व्याबस्थापनबिच छलफलमा जुटेको बताए ।
सामूदायिक स्कुलमा सरकारले सब किसिमको सुविधाका दिदा पनि प्रभावकारी बनाउन नसकिएको श्रेष्ठले बताउदै पाँच बर्षमा प्राथमिकताका योजना तोकेर बर्षै पिच्छे काम तोक्न नारायणी विद्यालय व्याबस्थापन समितिलाई निर्देशन दिए ।
‘नगरपालिकाले एक करोडको योजनामा १० लाख दिने योजना हटाएको छ, उनले भने, १० बर्षमा बन्ने योजना हो र ! राम्रो सोंचका साथ योजना ल्याए आर्थिक भौतिक श्रोत जुटाउन समस्या नहुने उनको भनाई थियो ।’
निकट भविष्यमा नगरले महालक्ष्मी शिक्षा महोत्सव आयोजना गर्ने हुनाले स्टल राख्न अहिल्यै देखि तयार हुन निर्देशनसमेत दिए ।
लुभुमा स्कुल व्याबस्थापन समितिको अध्यक्ष भएर काम गर्दा तीन बर्षमा लुभु स्कुल भत्काएर साढे दुई करोडको महालक्ष्मी मावि स्कुल तयार गरेको स्मरण गर्दै प्रमुख श्रेष्ठले स्कुल व्यावस्थापन समितिले नमूना स्कुल बनाउन कटिबद्धता जाहेर गर्न पनि अनुरोध गरे ।
यसैगरी उपप्रमुख लक्ष्मी महर्जनले सरकारी स्कुललाई कसरी व्याबस्थापन गर्ने बिषयमा गम्भिर छलफल भईरहेको बताईन् । स्कुल व्याबस्थापन समितिले स्कुलको व्याबस्थापनमा कमजोरी नगरीकन स्कुल सरसफाईदेखि गुणस्तरमा ध्यान दिनेगरी सपना देख्न आग्रह गरिन् । नगरले सामूदायिक बिद्यालयको शिक्षालाई प्राथमिकतामा राखेर लगानी गर्नका लागि अनुगमन, छलफल, चुनौती, सल्लाह र सुझाव लिएर अगाडी बढीरहेको जानकारी दिईन् ।
यसैगरी महालक्ष्मी नगर वडा नं छ चांगाथलीका वडा अध्यक्ष बाबुराजा महर्जनले नारायणी स्कुलको स्तरोन्नती, व्यवस्थापन, भौतिक पूर्वाधार कसरी गर्न सकिन्छ भन्नेतर्फ नगरसँग गहन छलफल भईरहेको जानकारी दिए । ‘एकले अर्कोलाई आक्षेप लगाएर स्कुल चल्दैन, व्यवस्थापन समितिले उत्तरदायित्व जिम्मेवारी बहन गर्न नसकेको महर्जनले गुनासो पोखे ।
शिक्षकको परिक्षा लिन, विद्यालय व्याबस्थापन समितिले चेक एण्ड ब्यालेन्समा सम्बन्ध राखेर शिक्षकले शैकिक्ष हव बनाउने भिजन ल्याए सहकार्य गर्न तयार रहेको वडा अध्यक्ष महर्जनले विश्वास दिलाए ।
‘सरकारी स्कुल किन खस्किएको छ ? सामूदायिक बिद्यालयको ठूलो रोग भनेकै शिक्षक शिक्षीकाले नै आफ्ना छोराछोारी प्राईभेट स्कुलमा पढाउने सरकारी स्कुलमा राम्रो पढाई हुदैन भन्ने विश्वास दिलाउन नसक्नु नै हो, उनले भने ।
नेपाल शिक्षक महासंघका अध्यक्ष तथा सिद्धीमंगल माबिका प्रध्यानाध्यापक तथा नगर शिक्षा समितिका सदस्य मिनबहादुर अछामीले नारायणी स्कुलको व्यवास्थापकिय कमजोरीसहित स्रोत साधनको ठिक ढंगले प्रयोग नभएको देखिएको बताए ।
पाँच बर्षमा बिद्यालय कस्तो बनाउने भन्नेमा समितिको र शिक्षकहरुको हात भएकाले स्कुल सुन्दर बनाउन क्षमताको अधिकतम प्रयोग गर्न अछामीले आग्रह गरे । ईच्छाशक्ति बलियो बनाएर भएका स्रोत साधन प्रयोग गरेर अगाडी बढ्ने सपना देख्दा योजना सफल हुने बताए ।
सो अवसरमा समितिका पदाधिकारी र शिक्षक शिक्षिकाले आ–आफ्नो धारणा राखेका थिए ।