एन्जल्स हार्ट स्कुलले गर्यो दन्त तथा आँखा शिविर

काठमाडौ । तारकेश्वर नगरपालिका वडा न १० मा रहेको एन्जल्स हार्ट सेकेन्डरी स्कुलले विधालयमै दन्त तथा आँखा शिविर सम्पन्न गरेको छ।       विधालयमा अध्ययनरत विधार्थीहरुको दात र आँखा चेकअप गरिएको थियो । कक्षा १ देखि कक्षा ५ सम्म का ६०० विधार्थीहरुले शिविर बाट सेवा लिएको विधालयका प्रिन्सिपल धन बहादुर पुनंले जानकारी दिए। दन्त शिविरको लागि कान्तिपुर हस्पिटल बसुन्धरा र आँखा को लागि ग्रिनसिटि हस्पिटल को सहकार्यमा भएको थियो ।