ओप्सले गर्यो अन्तर विधालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
काठमाडौ । अर्गनाइजेसन अफ प्राइभेट स्कुल ओप्सले अन्तर विधालय हाजिरीजवाफ प्रतियोगिता गरेको छ। तारकेश्वर वडा न न ७ तेजस्वी एकेडेमी स्कुलमा २० ओटा सस्थागत विधालयका टिम सहभागी भएको तेजस्वी एकेडेमीका प्रिन्सिपल थिर बहादुर बस्नेतले जानकारी दिए।
हाजिरी जवाफ कार्यक्रममा ज्ञान मन्दिर हाई स्कुल प्रथम र दोस्रो सिर्जना ज्ञानसागर स्कुल तेस्रो विभुति स्कुल चौथो लालीगुरास नेसनल एकेडेमी भएका थिए । प्रतियोगितामा विजयी टिमलाई मेडल प्रमाणपत्र प्रदान गरिएको थियो ।हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा तारकेश्वरका नगर शिक्षा अधिकारी होमनाथ न्यौपाने रहनु भएको थियो ।
उहाँ ले कार्यक्रममा बोल्दै यस्ता अतिरिक्त कार्यक्रमले विधार्थीको क्षमता वृद्धि र अध्ययनमा टेवा पुग्ने बताए । ओप्सले शैक्षिक क्षेत्रमा विधार्थीहरुका लागि प्रत्यक महिना विभिन्न अतिरिक्त क्रियाकलाप तथा कार्यक्रमहरु गर्दै आईरहेको ओप्सका अध्यक्ष लोकेन्द्र बहादुर खड्काले बताए । हाजिरी जवाफ कार्यक्रमको सयोजन तेजस्वी स्कुलले गरेको थियो । कार्यक्रम तेजस्वी स्कुलका अध्यक्ष दिनानाथ पौडेलको सभापतिमा भएको थियो ।



