तारकेश्वर शैक्षिक मञ्चले गर्यो अन्तर विधालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
काठमाडौ । तारकेश्वर शैक्षिक मञ्चले तारकेश्वर नगर भित्रका सस्थागत विधालयका विधार्थीहरुका विच कोभिड १९ ले शिक्षा क्षेत्रमा पारेको प्रभाव शिर्षक मा अन्तर विधालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा १४ वटा सस्थागत विधालयहरुबाट १४ जना विधार्थी सहभागी भएका थिए । कार्यक्रम तारकेश्वर नगरपालिका वडा न ११ को काठमाडौ शिक्षालय स्कुलमा भएको थियो । बक्तृत्वकला प्रतियोगितामा गोल्ढुङ्गा अर्किड एकेडेमीकि सुनिता बि के ले प्रथम, नर्थ पोल एकेडेमीकि ममता लिइटेलले द्वितीय, स्प्रीङ भ्याली एकेडेमीकि सम्पदा आचार्यले तृतीय र रोजमेरी आइडल एकेडेमीकि अङ्शु अधिकारीले शान्त्वना स्थान प्राप्त गरेका छन। बिजयी विद्यार्थीलाई प्रमाणपत्र र मेडल र बिधालयलाई ट्रफी दिइयो ।
निर्णायक मन्डलका दुबैजना मायाँको चिनो र सहभागी सबै बिद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।कार्यक्रम तारकेश्वर शैक्षिक मञ्च का अध्यक्ष शिवहरि लामिछाने सभापति भएको थियो भने कार्यक्रम सञ्चालन मञ्चका सचिव नवराज न्यौपानेले गरेका थिए।