नुवाकोटको पिपलटारमा २६ जनाले गरे रक्तदान

काठमाडौ । नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा रत्तदान कार्यक्रम संम्पन्न भएको छ ।

पिपलटार फुटवल क्लब र फुटसलको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी नुवाकोटको प्राविधिक सहयोग र ब्लड रिक्वेष्ट नुवाकोटको समन्वयमा रत्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा  २६ जनाले रत्तदान गरेको पिपलटार फुटवल क्लबका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।