नर्थ पोल एकेडेमीले सम्पन्न गर्यो अन्तर विधालय चित्रकला प्रतियोगिता

काठमाडौ । तारकेश्वर नगरपालिका वडा न ९ इन्द्रेणि पुलनेर रहेको नर्थ पोल एकेडेमीले शनिबार अन्तर विधालय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ।                    उक्त चित्रकला प्रतियोगिता कार्यक्रममा तारकेश्वर नगरपालिका वडा न ९ का वडा अध्यक्ष श्यामकृष्ण महर्जन प्रमुख अतिथि रहनु भएको थियो ।    कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष महर्जनले रङ्गले एन पि ए लेखेर चित्रकला कार्यक्रमको उदघाटन गरेका थिए।                    चित्रकला प्रतियोगितामा ३३ ओटा सस्था गत विधालयहरु बाट ११८ जना सहभागी भएका थिए। चित्रकला प्रतियोगिता आधारभूत तह र माध्यमिक तह गरि दुई प्रकारका रहेका थिए।आधारभूत ताहको चित्रकला प्रतियोगितामा प्रथम ईमेज एकेडेमी का प्रशंसा बागदस र दितिय कौशल हाई स्कुलका रोसन तामाङ तितिय सिर्जना ज्ञानसागर स्कुल का आप्सा तामाङ र चौथो सानत्वना गोलढुङा अकिड एकेडेमीको सिमना गुरुङ भएका थिए।          माध्यमिक तहको चित्रकलामा प्रथम कौशल हाई स्कुलका संयोग अधिकारी र दितिय हिम रश्मि क्रिपेस प्याकुरेल र तृतीय लालिगुँरास नेसनल एकेडेमी का एसिम सिटौला र चौथो सन्तवना रोजमेरि आइडल स्कुल को सुगम घले भएका थिए ।     चित्रकलामा प्रथम दितिय तितृय सन्तवना हुनेलाई मेडल ट्रफि प्रमाणपत्र प्रदान गरिएको थियो । चित्रकला प्रतियोगितामा सहभागी स्कुलहरुलाई मायाको चिनो र प्रमाणपत्र दिईएको थियो । चित्रकला प्रतियोगिता कार्यक्रम विधालय व्यवस्थापन कमिटीका अध्यक्ष केदारनाथ भेटुवालको सभापतिमा भएको थियो ।