तेजस्वी एकेडेमीको संयोजनमा टप्सको अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन

काठमाडौ । तारकेश्वर नगरपालिका वडा न ७, मा अवस्थित तेजस्वी एकेडेमीको संयोजन तथा टप्सको आयोजनामा शनिबार अन्तर विधालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।टप्समा मा आवद्ध १८ विद्यालयले सहभागीता जनाएका थिए।
जसमा सिनियर क्यटगोरिमा प्रानजली वर्ल्ड स्कुल की छात्रा बिबस्था शेर्पाले प्रथम भईन भने दोस्रोमा ल्याण्डमार्क एकेडेमीको नितिसा लावट भईन तेस्रोमा , Edify International School बाट प्रमिला सुनवार भईन र चौथो मा  स्वयता सदन इङलिस बोडिङ स्कुल को आसिक मुडभरी भएका थिए।           जुनियर क्याटगोरि तर्फ पहिलो हुने स्किम पब्लिक स्कुलको जिनिसा चौधरी र दोस्रो हुनेमा Edify International schoolको मनिसा कार्की र तेस्रो हुनेमा लालीगुरास विधाकुञ्ज स्कुल को किर्तिका श्रेष्ठ र चौथो हुनेमा महर्षि स्कुलको शुभम बिस्वाल रहेको तेजस्वी एकेडेमीका प्रिन्सीपल थिर बहादुर बस्नेत ले जानकारी दिनु भएको हो। 

कार्यक्रममा तार्केश्वर नगरपालीका वडा न. ७ का कार्यबाहक वडा अध्यक्ष रघुनाथ ढकाल प्रमुख अथिती र बिशिष्ट अतिथी टप्सका अध्यक्ष आरसि भट्ट रहेका थिए। कार्यक्रममा टप्सका सम्पुर्ण सदस्य बिधालयका चियरमेन डाइरेक्टर स्कुल इन्चार्ज कोअडिनेटरको उपस्थिति रहेको तेजस्वी एकेडेमी का स्कुल ईन्चार्ज बिस्व पान्डेले बताउनु भयो। कार्यक्रम तेजस्वी एकेडेमी का इसिए इन्चार्ज सुनिल राना ले संचालन गरेका थिए।

२२ श्रावण २०७९, आईतवार