चित्रकला प्रतियोगितामा कौशल हाई स्कुल भयो प्रथम

काठमाडौ । तारकेश्वर नगरपालिका वडा न ९ मा रहेको नर्थ पोल एकेडेमीले शनिबार आयोजना गरेको अन्तर विधालय चित्रकला प्रतियोगिताको माध्यमिक तहको प्रथम उपाधि तारकेश्वर वडा न ८को कौशल हाई स्कुलका संयोग अधिकारी प्रथम भएका छन।           दितिय हिम रश्मि हाई स्कुलका क्रिपेस प्याकुरेल र तृतीय लालिगुँरास नेसनल एकेडेमी का एसिम सिटौला र चौथो सन्तवना रोजमेरि आइडल स्कुल को सुगम घले भएका थिए । चित्रकलामा प्रथम दितिय तितृय सन्तवना हुनेलाई मेडल ट्रफि प्रमाणपत्र प्रदान गरिएको थियो ।                                                                                             चित्रकला प्रतियोगितामा सहभागी स्कुलहरुलाई मायाको चिनो र प्रमाणपत्र दिईएको थियो। आधारभुत तहको प्रतियोगितामा प्रथम ईमेज एकेडेमी का प्रशंसा बागदस र दितिय कौशल हाई स्कुलका रोसन तामाङ तितिय सिर्जना ज्ञानसागर स्कुल का आप्सा तामाङ र चौथो सानत्वना गोलढुङा अकिड एकेडेमीको सिमना गुरुङ भएका थिए।

२३ श्रावण २०७९, सोमबार