श्री साङ्ला बालकुमारी माविको व्यवस्थापन समितिको अध्यक्षमा: सानुकाजी थापा
काठमाडौ । तारकेश्वर नगरपालिका वडा न १ मा रहेको श्री साङ्ला बालकुमारी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा चयन भएका छन्।
तेस्तै समितिकमा सदस्यहरु विदुर सापकोटा, लक्ष्मण तिमलसिना, स्वस्थानी पराजुली अधिकारी, लक्ष्मी नारायण खड्की, सुरेस केसी,उषा कुवँर, यादव प्रसाद फुयाल चयन भएका छन्। थापाले तारकेश्वर अनलाइन सँग भने विद्यार्थीको भविस्य बन्ने ठाउँ विद्यालय भएकाले शिक्षाको गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउने र विद्यालयमा विद्यार्थीले के चाहन्छन त्यो पहिचान गरि त्यही अनुसारको शिक्षा प्रदान गर्नमा आफु लागि पर्ने बताए ।



