नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण

काठमाडौ । नेकपा (एकीकृत  समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना  पोजेटिभ देखिएको छ । पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष  नेपाललाई स्वास्थ्यमा सामान्य समस्या देखिएपछि जाँच गराउँदा उहाँलाई कोरोना पोजेटिभ देखिएको हो ।

जटिल स्वास्थ्य समस्या नदेखिएकोले उहाँ अहिले होम आइसोलेसन मै आराम गरिराख्नु भएको कुरा उहाँको सचिवालयले जानकारी गराएको छ ।