प्याब्सन तारकेश्वरले अन्तर विधालय आधारभूत तहको हाजिरी जवाफ प्रतियोगिता गर्यो सम्पन्न

काठमाडौ । प्याब्सन तारकेश्वरले अन्तर विधालय आधारभुत तहको  हाजिरी जवाफ प्रतियोगिता शुक्रबार तारकेश्वर ९ को एन्जल्स हाट नेसनल स्कुलमा सम्पन्न भएको छ। हाजिरी जवाफ प्रतियोगितामा प्याब्सनमा आवद २० विधालय सहभागी भएका थिए।   कार्यक्रममा प्याब्सन काठमाडौ जिल्ला सचिव सुदर्शन थापा प्रमुख अतिथि रहनु भएको थियो । प्रतियोगितामा प्रथम हिम रश्मि हाई स्कुल दितृय लालीगुँरास नेसनल एकेडेमी तितृय काठमाडौ लिङकन स्कुल र चौथो सिदार्थ मोडल स्कुल भएका थिए। प्रतियोगितामा प्रथम दितिय तितृय चौथो हुनेलाई मेडल ट्रफि प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम प्याब्सन तारकेश्वर अध्यक्ष धन बहादुर पुनको सभापति मा सम्पन्न भएको थियो ।