नर्थ पोल स्कुलले गर्यो विधार्थीलाई सम्मान तथा बिधाई कार्यक्रम

काठमाडौ । तारकेश्वर नगरपालिका वडा न ९ को ईन्द्रेणि पुलनेर रहेको नर्थ पोल एकेडेमीले कक्षा १० को एस इ इ दिएका विधार्थिहरुलाई सम्मान तथा बिधाई कार्यक्रम आइतबार सम्पन्न गरेको छ।       कार्यक्रममा उत्कृष्ट अङक लेउने विधार्थीलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्याब्सन तारकेश्वरका अध्यक्ष धन बहादुर पुनं प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रमको सभापति स्कुल ब्यवस्थापन समिति का अध्यक्ष केदारनाथ भेटुवाल रहनु भएको विधालयका प्रध्यानध्यापक सुमन श्रेष्ठले जानकारी दिनुभयो ।