तारकेश्वर एन प्याब्सनले गर्यो एकल गायन प्रतियोगिता सम्पन्न

काठमाडौ । तारकेश्वर एन प्याब्सनले एकल गायन प्रतियोगिता सम्पन्न गरेको छ। कार्यक्रम तारकेश्वर वडा न ६ को सनफलावर एकेडेमीमा भएको थियो । प्रतियोगितामा एन प्याब्सनमा आवद ९ ओटा स्कुल सहभागी भएका थिए। प्रतियोगितामा प्रथम आमादब्लङ स्कुलका खुसि तामाङ कक्षा ५ दितिय मेगा पब्लिक स्कुलका जेनिसा थापा कक्षा ३ तितृय सनफ्लावर स्कुलका इसानि उप्रेती कक्षा ५ को रहेका थिए। प्रतियोगितामा प्रथम दितिय तितृय हुनेलाई कार्यक्रमका प्रमुख अतिथि तारकेश्वरका नगर शिक्षा अधिकारी होमनाथ न्यौपानेले मेडल ट्रफि र सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम तारकेश्वर एन प्याब्सनका अध्यक्ष गोविन्द भट्टको सभापतिमा भएको थियो ।