शिवपुरीको गुर्जेमा असोज १५गते रेस्लिङ ‘बडा दशै महाभिडन्त,हुने

काठमाडौ । नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिकाको वडा न ६ को पर्यटकिय स्थल गुर्जेको कालिका देवि मा वि प्राङ्गणमा रेस्लिङ खेल बडा दशै महाभिडन्त हुने भएको छ।          रेस्लिङ खेल यहीँ असोज १५ गते दिन को १ बजे हुनेछ। रेस्लिङ खेलमा रेस्लिङ खेलाडीहरू नुवाकोटे टाईगर , किङ रोबर्ट, साईन, चट्टान, डेभिड, बाका, सुजल, एक्स हिरो, टुपी ग्याङ, स्पाइडर म्यान, तनु, आकृति लगाएत दुई दर्जन खेलाडीहरुको सहभागिता रहने छ ।

खेलको रेफ्रीमा विकास खड्का र कार्यक्रमको उद्घोषक जीवन तामाङले गर्ने छन् । रेस्लिङ खेल नुवाकोट रेस्लिङ सघंको आयोजनामा हुने रेस्लिङ सघ जिल्ला कमिटी नुवाकोटका अध्यक्ष प्रहलाद थापाले जानकारी दिए।उहाँले भने शिवपुरीको गुर्जेमा रेस्लिङ खेल गर्नाले शिवपुरीको पर्यटन प्रवदनमा टेवा पुग्ने बताए । प्रतियोगिता शिवपुरी गाउँपालिका, राष्ट्रिय खेलकुद परिषद, सहयोगमा हुनेछ ।हस्पिटल पाटर्नरमा ग्रीनसिटी अस्पताल, होटल पार्टनरमा ढलानघर एग्रो रहेका छन।