शिवपुरीको पर्यटकिय स्थल गुर्जेमा रिङ रेस्लिङ खेल सम्पन्न

काठमाडौ , । नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा न ६ को पर्यटकीय स्थल गुर्जेमा रिङ रेस्लिङ खेल सम्पन्न भएको छ। बडा दशैको अवसरमा भएको रिङ रेस्लिङ प्रतियोगितामा किङ रोबर्ट च्याम्पियन बनेका छन् ।           आफ्नै गाउँमा गर्जिएका कमल लामा नुवाकोटे टाइगरलाई पछि पार्दै रोबर्ट च्याम्पियन बनेका हुन । प्रतियोगितामा धमाकेदार प्रस्तुतिमा उत्रिएका टाइगरलाई हेवि वेट तर्फ पछार्दै किङ रोबर्टले १ लाख ५० हजार समेत हाल पारेका छन् ।                 ५ विधामा प्रतिस्पर्धा भएको प्रतियोगितामा ट्रिपल थ्रेट बिधामा साइन र डेबिटलाई हराउदै चट्टानले जीत हासिल गरेका थिए । चट्टानले ७५ हजार समेत प्राप्त गरेका छन् । त्यस्तै ट्याग टिममा टुपी ग्याङलाई बाका र इस्पाईडर म्यान ले हराउँदै ८५ हजार प्राप्त गरेका छन् भने लाइटवेट (महिला) तर्फ आकृतिलाई तनुले हराएकी छिन ।              तनुले विजेता स्वरुप ६५ हजार हात पारेकी छिन । लाइटवेट (पुरुष) तर्फ सुजललाई सिजे वर्ड विजय हासिल गरे । वर्डले ५५ हजार नगद पुरस्कार बेल्ट, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।              रिङ रेस्लिङ प्रतियोगितामा प्रमुख अतिथि नेकपा एमालेका बरिस्ठ उपाध्यक्ष इश्वर पोखरेल रहनु भएको थियो । उहाँले घण्टी बजायर रेस्लिङ खेलको उदघाटन गर्नुभएको थियो ।    कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले नेपाल र राष्ट्रलाई चिनाउने खेल भएको बताउनु भयो ।, कार्यक्रममा एमाले  नुवाकोटका अध्यक्ष  बद्री मैनाली, नेता पूर्णलाल श्रेष्ठ, माओवादी केन्द्र नुवाकोटका नेता  हितबहादुर तामाङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया उपाध्यक्ष वीर बहादुर तामाङ ,लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रम नुवाकोट रिङ रेस्लिङ कमिटी का अध्यक्ष प्रहलाद थापाको सभापतिमा भएको थियो ।

१६ आश्विन २०७९, आईतवार