तारकेश्वर वडा न ९ का अध्यक्ष महर्जनले कराते खेलाडीहरुलाई दिए शुभकामना

काठमाडौ । तारकेश्वर नगरपालिका वडा न ९ का वडा अध्यक्ष श्यामकृष्ण महर्जनले नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुने १० जना खेलाडीहरुलाई शुभकामना दिनु भएको छ।             कराते खेल असोज २९ गते देखि पर्बतको कुस्मामा हुन गइरहेको छ । वादोकाइ कराते तर्फको विधामा छनौट भइ, वादोकाइ कराते डो संघ नेपाल बाट १० जना खेलाडी खेलाडीहरुलाई खादा लगाई बधाई तथा शुभकामना दिएको थियो ।              वडा अध्यक्ष महर्जनले भने “खेलाडीहरुलाई आफुले पाउने पारिश्रमिक बाट स्वर्णपदकलाई रु दस हजार र द्रोसो हुनेलाई पाँच हजार र तेस्रो हुनेलाई तीन हजार खेलाडीहरुलाई मनोबल बढाउन प्रदान गरिने बताए ।