शिवपुरी गाउँपालिकाको स्वास्थ्य शिविरबाट १२०२ जनाले लिए सेवा

हरिराम भेटुवाल काठमाडौ २९ असोज । नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिकामा असोज २८ र २९ गते भएको निशुल्क स्वास्थ्य शिविर बाट १२०२ जनाले सेवा लिएका छन। शिवपुरी गाउँपालिकाको आयोजनामा नेपाल स्वास्थ्यकर्मी संघ त्रिभुवन विश्वविद्यालय चिकित्सक शास्त्र अध्यन सस्थान शिक्षण अस्पतालको संयोजनमा त्रिवि शिक्षण अस्पताल , विपि कोईराला नेत्र अध्ययन केन्द्र विपि स्मृति महाराजगन्जको विशेषज्ञ र प्राविधिहरुको सहयोगमा निशुल्क स्वास्थ्य शिविर भएको गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद थपलियाले जानकारी दिए ।
शेराबगर स्थित गाउँपालिका भवनमा भएको स्वास्थ्य शिविरमा आँखा सम्बन्धि जाँच तथा मोतिबिन्दुको अपरेसन मेडिकल सेवा र महिला तथा स्त्रीरोग सम्बन्धि जाँच , दन्त सेवा ,सर्जरी सेवा ,दिएको गाउँपालिका उपाध्यक्ष वीर बहादुर तामाङले जानकारी दिए।
शिवपुरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उदव कार्कीले भने शिवपुरीको ८ ओटा वडा बाट नागरिकहरु सेवा लिन आएको र स्वास्थ्य शिविरलाई व्यवस्थित गरि दुई दिन सञ्चालन हुदा १२०२ जना गाउँपालिकावासिहरुले सेवा लिएको जानकारी दिए।