ओप्सको उपत्यका व्यापी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

काठमाडौ । अर्गनाइजेसन अफ प्राईभेट स्कुलस (ओप्स)ले २ दिने आयोजना गरिएको प्रीन्सिपल तथा शिक्षक हरु को काठमाडौं उपत्यका ब्यापी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ।     प्रतियोगिता तारकेश्वर नगरपालिका वडा न १० को दिपक ब्याडमिन्टनमा भएको थियो । प्रतियोगितामा एकल प्रीन्सिपल तर्फ प्रथम गोपाल बुढाथोकी ,द्वितीय नबराज भट्ट ,तृतीय  द्वारिका अम्गाइ तृतिय अर्जुन नेउपाने ,डबल प्रीन्सिपल तर्फ,प्रथम: निरज महर्जन, हिरा महर्जन
द्वितीय राजु दाहाल, बद्रीनाथ सिवाकोटी ,तृतीय राजेन्द्र बानिया नबराज भट्ट,थकिन गरुङ्, द्वारिका अम्गाइ,शिक्षक तर्फबाट ,प्रथम नवीन बुढाथोकी ,द्वितीय भुपेन्द्र खड्का तृतिय शिव कुमार श्रेष्ठ ,कृष्ण थापा भएका छन ।