सामुदायिक क्याम्पसको सहयोगको लागि प्रतिबद्व छु: प्रदेस सांसद मास्के

 काठमाडौ, । काठमाडौ निर्वाचन क्षेत्र नं ६ ख का बागमती प्रदेसभा सासंद अमन मास्केले आफ्नो क्षेत्रमा रहेको सामुदायिक क्याम्पस ग्रामीण आदर्श बहुमुखी क्याम्पसका लागि सधैं सहयोग गर्ने प्रतिबदता ब्यक्त गर्नु भएको छ।             बिहीबार ग्रामीण आदश बहुमुखी क्याम्पसले आयोजना गरेको क्याम्पस व्यवस्थापन समितिका सस्थापक अध्यक्ष स्व ढकालध्वज थापाको प्रतिमा अनावरण तथा सम्मान कार्यक्रममा बोल्दै मास्केले आफ्नो निर्वाचन क्षेत्रमा जनताको विकास ,शिक्षा , भौतिक पुर्वाधार विकास का लागि सधैं काम गर्ने बताउनुभयो । ग्रामीण आदर्श बहुमुखी क्याम्पस २०५१ सालमा स्थापना भएको तारकेश्वर नगरको सामुदायिक क्याम्पस हो ।

५ फाल्गुन २०७९, शुक्रबार