अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा टोखामा नि:शुल्क महिला स्वास्थ्य शिविर

 काठमाडौ, टोखा नगरपालिकाले ११३ अैा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नि: शुल्क महिला स्वास्थ्य शिविर आयोजना गरेको छ।              बुधबार टोखा वडा नं ७ को धापासि स्वास्थ्य चौकि र ग्रीनलाईफ हेल्थ केयरको प्राविधिक सहयोगमा आयोजना गरेको हो । शिविरमा स्त्रीरोग परामर्श नि शुल्क पाठेघरको क्यान्सर जाँच, प्रयोगशाला जाच, भिडियो एक्सरे, अैषधि वितरण सेवा दिएकाे थियो ।                             स्वास्थ्य शिविरको टोखा नगरपालिका मेयर प्रकाश अधिकारीले उदघाटन गरेका थिए। कार्यक्रममा बोल्दै मेयर अधिकारीले आफू टोखा नगरवासिहरुका लागि काम गर्ने आएको र नागरिकहरुले पैसा अभावमा कोही पनि स्वास्थ्य सेवा बाट बञ्चित नहुने बताए ।