टोखा नगरपालिकामा नयाँ लघुउद्यमी सिर्जना कार्यक्रम सञ्चालन हुने
तारकेश्वर माघ २१ । टोखा नगरपालिकामा नयाँ लघुउद्यमी सिर्जना कार्यक्रम सञ्चालन हुने भएको छ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका २०७७ अनुसार नगरपालिकामा नयाँ लघुउद्यमी सिर्जना कार्यक्रम सञ्चालनका लागि सम्भाव्य लघुउद्यमीहरूको विवरण उपलब्ध गराउन टोखा नगरपालिकाले सुचना प्रकाशित गरेको छ।

नगरपालिकाको प्रत्येक वडाबाट ८ देखि ९ जना सम्म लघुउद्यमीहरूको विवरण उपलब्ध गराउन नगरपालिकाले सबै वडाहरूलाई निर्देशन दिएको छ।
सम्भाव्य लघुउद्यमीहरूबाट ७० प्रतिशत महिला र ६० प्रतिशत १६ देखि ४० बर्षका युवा समावेश हुने गरि लघुउद्यमी छनोट गरिने टोखा नगरपालिकाले आफ्नो सुचना मार्फत बताएको छ।



