बुढानीलकण्ठको बिलिभर्स स्टर्न चर्चले गर्यो राहत वितरण
असार २४ काठमाडौ
बुढानीलकण्ठ नगरपालिकाको वडा न ३ मा रहेको होली ट्रीनिटी विलिभर्स स्टर्न चर्चले एक सय जना परिवारलाई राहत दिएको छ। वडा नं।३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको उपस्थितिमा नारायणस्थानमा एक कार्यक्रमका वीच राहत वितरण गरेको हो । चर्चले वितरण गरेको राहत सामाग्रीमा चामल एक बोरा खाने तेल एक लिटर दाल एक केजि रहेको थियो।

राहत वितरण कार्यक्रमा वडा अध्यक्ष श्रेष्ठ ले भने गत वर्षको लकडाउनको समयमा चर्चले राहत वितरण गरेर सहयोग गरेको र अहिल पनि सय जनालाई राहत दिएकोमा चर्चका फादर दिपेश सुनुवार र उहाँको मण्डलीलाई धन्यवाद दिएका थिए। चर्चका फादर दिपेश सुनुवारले कोभिड १९ को नयाँ भेरियन्ट सहितको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको कारण दैनिक ज्याला मजदुरी गरि जिविको पार्जन गर्ने सर्वसाधारणलाई हातमुख जोड्ने समस्या परेकोले राहत वितरण गरिएको बताए। उहांले मानवीय समस्या र सेवामा कुनै भौतिक सिमा नहुने बताउंदै बुढानीलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको १०० घर परिवार लाई राहत वितरण गरिएको बताए।




