शिवपुरी १ को ज्यामिरे खोला पुल निर्माण सम्पन्न सम्झौता मिति अगावै सम्पन्न
नुवाकोट, २५ असार नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिकाको वडा नं. १ को ज्यामिरे खोला पुल सम्पन्न सम्झौता मिति अगावै सम्पन्न गरि निर्माण कम्पनिले आयोजनालाई हस्तान्तरण गरेको छ । नाना कल्पवृक्ष जेभि निर्माण कम्पनिले ठेक्का पाएको उक्त आयोजनाको निर्माण सम्पन्न गर्ने सम्झौता मिति भन्दा ३ महिना अघि नै पुलको निर्माण सम्पन्न गरेर आयोजनालाई हस्तान्तरण गरेको ठेकेदार नरेश ढुंगानाले जानकारी दिए । २५ मिटर लामो उक्त पुलको निर्माणमा करिब २ करोड ८७ लाख ८६ हजार ५ सय ९८ लागत लागेको बताइएको छ । देशव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ सङ्क्रमणको अवस्थामा पनि स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै सझौता मिति भन्दा ३ महिना समय अगावै सम्पन्न गरिएको ठेकेदार कम्पनीले जानकारी दिएको छ ।
२५ असार २०७८, शुक्रबार



