शिवपुरी गाउँपालिकाले ५०% अनुदानमा फलफूलको बिरुवा वितरण

शिवपुरी असार २५ नुवाकोट जिल्लाको पुर्वी भेगमा अवस्थित शिवपुरी गाउँपालिकाले ८ वटै वडाका किसान व्यासायिक कृषि फाम समुह हरुलाई एभोकाडो, सुन्तला, कागती फलफूलको बिरुवा वितरण गरेको छ।                 गाउँपालिकाले किसानको माग फारम अनुसार नाम दर्ता गरेका ३४७ जनालाई दिएको शिवपुरी कृषि शाखाले जानकारी दिएको छ। कृषि शाखाका अनुसार गाउँपालिकाले एभोकाडो २००० बिरुवा सुन्तला १३०० बिरुवा कागती ५००० बिरुवा बितरण भएको छ।

२५ असार २०७८, शुक्रबार