काठमाडौं उपत्यकामा साउन २० सम्म थपियो निषेधाज्ञा

काठमाडौं, १० साउन । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

१० श्रावण २०७८, आईतवार