माधव नेपाल समुह युवा सघं नुवाकोटको १५३ सदस्यीय कमिटी घोषणा

नुवाकोट ।साउन १३ नेपाल कम्युनिष्ट पार्टी एमाले माधवकुमार नेपाल समुहको  जनवर्गिय संगठन युवासंघ नेपाल नुवाकाेट कमिटिकाे भेलाले १५३ सदस्यीय आयाेजक कमिटि घाेषणा गरिएकाे छ।
माधवकुमार नेपाल पक्षयी युवासंघ नेपाल नुवाकोटका ईन्चार्ज उद्धव पनेरुकाे अध्यक्षतामा वसेकाे भेलाले नुवाकाेट सह-ईन्चार्ज सुरेश अधिकारिकाे संयाेजकत्वमा १५३ सदस्यीय युवासंघ नेपाल नुवाकाेट जिल्ला आयाेजक कमिटि घाेषणा गरिएकाे संयाेजक सुरेश अधिकारीले बताए।
अधिकारीका अनुसार भेलाले जीवन आलेमगरको संयाेजकत्वमा ५१ सदस्यीय पिपुल्स भाेलिन्टियर्स (PV) गठन समेत गरिएकाे छ।
गठित आयाेजक कमिटिले छिट्टै जिल्ला सम्मेलन सम्पन्न गरिनुका साथै पालिका र क्षेत्रिय कमिटिहरुकाे घाेषणा छिट्टै भेला मार्फत गरिने पनि अधिकारिले जानकारि दिएका छन।

१३ श्रावण २०७८, बुधबार