एन आर एन अष्ट्रेलियाको सयोजकका लागि चुनावी मैदानमा अभिषेक उप्रेती
काठमाडौ साउन १४ नेपाल बाट अस्ट्रेलिया गइ बसोबास गर्ने नेपालीहरूको संस्था NRNA को निर्वाचन जुलाई ३१ मा Australian Capital Territory मा हुन गईरहेको छ।निर्वाचन नजिकिंदै गर्दा नेतृत्वको लागि चुनावी सरगर्मी बढ्दै गइरहेको छ । यसपटक स्वतन्त्र युवाहरुको टिम चुनावी मैदानमा उत्रिएको छ र धेरैको ध्यान खिचिएको छ ।
चुनावी मैदानमा उत्रिएका संयोजक अभिषेक उप्रेदीले भने ‘हाम्रा समस्याहरु साँझा समस्याहरु छन्, पार्टीको चस्मा लगाउनेहरुले हाम्रा समस्याहरु समाधान गर्न सक्दैनन् त्यसैले हामी स्वतन्त्र भएर निर्वाचनमा होमिदैं छौ, अभिषेकले भने
‘हामी कुनै दलको फाइदाको लागि सोच्दैनौ, कसैलाई काखा र पाखा पनि गर्दैनौ, त्यही भएर हामी प्रति आकर्षण बढ्नु स्वभाविक छ ।
‘NRNA को निर्वाचनमा अभिषेक उप्रेतीको संयोजक सचिव, सह सचिव,कोषाध्यक्ष र यूथ संयोजक क्रमशः बासु चापागाईँ, समीर आचार्य, रौनक कोइराला र रबिन मैनाली सहित अन्य स्वतन्त्र युवाहरूको टिम निर्वाचनमा कुनै पार्टीको झन्डा नबोकी मात्र नेपालको राष्ट्रिय झन्डालाई उठाउँदै , निर्वाचनको प्रतिस्पर्धात्मक मैदानमा उत्रिएकाे उप्रेतीले बताए ।
१४ श्रावण २०७८, बिहीबार



