तारकेश्वरमा काँग्रेसका झण्डै २ हजार कृयाशिल सदस्य, नगर सभापतिमा ३ जनाकाे दाैड

तारकेश्वर, १४ साउन । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको रौनक सुरुवात भएको छ। काठमाडौंको तारकेश्वर नगरपालिकामा विगत केहि दिनदेखि महाधिवेशनको रौनक सुरु भएको हो। नेता कार्यकर्ताहरु बैठक, भेला, छलफल र गृहकार्यमा व्यस्त देखिन्छ्न। नेतृत्वका लागि वडा देखि नगरका ठूला नेताहरुको उम्मेदवारीको दावी दिनहुँ आइरहेका छ्न।

नतिजा आफ्नो पोल्टामा पार्न अनेक जुक्ती अपनाउन सुरु गरेका नेताहरु टिम बदल्ने देखि लिएर आफ्ना कार्यकर्ता सम्हाल्न व्यस्त देखिन्छ्न। वडा हुँदै नगर नेतृत्व कस्ले हात पार्ने भन्ने चर्चा सँगै नेताहरुको क्रियाशिलता समेत बढ्दै गएको छ। कांग्रेस वृत्तमा महाधिवेशनलाई एक पर्वको रुपमा हेरिन्छ।

नगरको ११ वटै वडाको नेतृत्व र नगर सभापतिको छनौटका लागि प्रत्यक्ष क्रियाशील सदस्यको सहभागिता आवश्यकता पर्ने छ ।

हाल तारकेश्वर नगरपालिकामा कुल १ हजार ९ सय ५३ जना कांग्रेसका क्रियाशील सदस्यहरु रहेका छन् । नगरपालिकाको वडा नं.१ साङ्लामा १८६ जना, वडा नं. २ काभ्रेस्थलीमा ३७२ जना, वडा नं. ३ जितपुरफेदीमा १९९ जना, वडा नं. ४ गोलढुंगामा ९५ जना, वडा नं.५ गोलढुंगामा, ३८२ जना, वडा नं. ६ धर्मस्थलीमा २७० जना, वडा नं. ७ मनमैजुमा ११४ जना, वडा नं. ९ मनमैजुमा ८७ जना, वडा नं. १० मनमैजुमा ६४ जना, र वडा नं. ११ मनमैजुमा ७९ जना कांग्रेसका क्रियाशील सदस्यहरु रहेका छन् । नगरपालिकामा १ हजार २ सय ९८ जना पुरानो र ६ सय ५५ जना नयाँ गरी १ हजार ९ सय ५३ जना क्रियाशील सदस्य रहेका छन् ।

नगर सभापतिमा कसको चर्चा? कस्ता छ्न नगर सभापतिका आकाङ्क्षिहरु?

नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाको सभापतिमा ४ जना नेताको नाम बढी चर्चामा आएको छ । मनोहारी तिवारी, कृष्णमान महर्जन, इनद्रमान महर्जन, श्रीराम थापा, र हरि तिमल्सिनाको नाम सभापतिको दावेदारको रुपमा चर्चा चलेको छ।

धर्मराज अर्यालको नाम नगर सभापतिमा चलेतापनी अहिले उनले सभापति नलड्ने र कुशल राजनीति गर्नेलाई समर्थन गर्ने बताएका छन् ।

श्रीराम थापाले आफू नगर सभापति वा क्षेत्रिय सभापतिमा उठ्ने दाबी गरिरहेका छन् । उनले आफू नगर वा क्षेत्रिय सभापति जुनमा उमेद्वारी दिएपनि आफ्नो बहुमत आउने र पराजय नहुने बाजी गरेका छन् । थापा यस अघिको स्थानीय तहको निर्वाचनमा तारकेश्वर नगरपालिकाको मेयरमा पराजित भएका थिए । उनले आफू नगर सभापति भएपनि/नभएपनि आसन्न स्थानीय तहको निर्वाचनमा नगरपालिको मेयेरमा उमेद्वारी दिने बताएका छन् । उनको उमेद्वारीको बिषयलाई लिएर अहिले प्रतिक्रिया बुझ्ने काम भैरहेको उनी निकट एक नेताले बताए ।

त्यस्तै, तारकेश्वर नगरपालिकामा हरि तिमल्सिनाले पनि कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा आफूलाई नगर सभापतिको रुपमा दाबी गरिरहेका छन् । लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भएर केन्द्रीय राजनीतिसम्म आफूलाई चिनाएका तिमल्सिनाले पनि नगर सभापतिमा उमेद्वारी दिने बताइएको छ ।

त्यस्तै, तारकेश्वर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तथा नेपाली काँग्रेस प्रदेश सभापति मनोही तिवारीले पनि आफूले नगर सभापति कि प्रदेश सभापतिमा उम्मेदवारी दिने बताएका छन् । तारकेश्वर नगरपालिमा वडा जनप्रतिनिध भएर काम गरिरहेका तिवारीले आसन्न स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा उमेद्वारी दिने बताएका छन् । “म कांग्रेसको १४ औं महाधिवेशनमा नगर सभापति या प्रदेश सभापतिमा उम्मेदवारी दिने छु,” नेता तिवारीले भने, ” कांग्रेसको अधिवेशनले स्थानीय निर्वाचनमा कोको सहभागी हुन सक्नेछन भन्ने कुराको पनि निर्धारण गर्ने छ, मलाई आगामी स्थानीय तहको निर्वाचनमा नगरप्रमुखको जिम्मेवारीमा पनि देख्न पाउनुहुनेछ।”