नेपाली कांग्रेस तारकेश्वर नगरपालिका वडा नं ६ का सभापति भट्टको निधन
तारकेश्वर, १५ साउन । नेपाली कांग्रेस तारकेश्वर नगरपालिका वडा नं ६ को वडा सभापति विनोद भट्टको निधन भएको छ ।
लामो समयदेखि उपचाररत भट्टको बिहीबार साँझ निधन भएको नेपाली कांग्रेस तारकेश्वरले जानकारी दिएको छ । भट्ट विगत लामो समयदेखि बिरामी थिए ।
समाजमा र पार्टी भित्र निकै लोकप्रियता कमाएका भट्टको निधनले ठुलो घाटा व्यहोरेको छ।



