बुढानिलकण्ठ नगरपालिकाको प्राविधिक बिनोद पौडेल घुस रकम सहित पक्राउ
काठमाडौ साउन २२ बुढानिलकण्ठ नगरपालिकाका सवईन्जिनियर बिनोद पौडेल घुस रकम सहित पक्राउ परेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा रहेको होटल सब्रिना बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेलाई पक्राउ गरेको हो।
नगरपालिकाको एक सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग . ७२ हजार घुस माग गरेको सुचना पाएको टोलीले पौडेललाई उक्त रकम सहित पक्राउ गरेको थियो।पौडेललाई पक्राउ गरी थप अनुसन्धान भैरहेको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख्य गरिएको छ। 



