नेकपा माओवादी केन्द्र जुगल काठमाडौ सम्पर्क मञ्चको भेला पेरिसडाँडामा सम्पन्न
दुर्गा श्रेष्ठ /काठमाडौ साउन २२ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिन्धुपालचोक जुगल काठमाण्डौ सम्पर्क समन्वय समितिको कार्यकर्ता भेला तथा दोश्रो सम्मेलन कार्यक्रम सम्पन् भएको छ ।जुगल-काठमाडौं सम्पर्क मञ्चले पार्टी कार्यालय पेरिसडाँडामा कार्यकर्ता भेला सम्पन्न गरेको हो । 
मञ्चले शुक्रबार पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्य माधब सापकोटा (सुबोध)को प्रमुख आतिथ्यता र विशेष अतिथि वाग्मती प्रदेश सचिवालय सदस्य सरल सहयात्री पौडेल को विशेष आतिथ्यतामा तथा ईन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा कार्यकर्ता भेलासम्पन्नगरेको हो ।
मञ्चको भेलाले शिवहरि घिमिरेको संयोजकत्वमा ३३ सदस्यीय सम्मेलन आयोजक समिति बनाएको छ ।
नेपाली कांग्रेस एमाले राप्रपा पार्टी परित्याग गरी माओबादी केद्रमा दर्जनौ युवाहरू पार्टी प्रवेश गरेका छन। युवा नेता माधव सापकोटा सुवोध लगायतको नेताहरूले स्वागत गरेका छन्।
कार्यक्रममा मावोवादी केन्द्रीय सदस्य माधब सापकोटा (सुबोध)को प्रमुख आतिथ्यता र विशेष अतिथि वाग्मती प्रदेश सचिवालय सदस्य सरल सहयात्री पौडेल को विशेष अतिथि स्थानिय नेता बुद्धिजीवी युवाहरू लगायतको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।



