थाहा नगरपालिकाको वडा कार्यालयलाई फोहोर व्यवस्थापनकाे सामग्री प्रदान

काठमाडौ साउन २४ मकवानपुरको थाहा नगरपालिका वडा नं ११ को कार्यालय टिस्टुङ, नौखण्डेलाई एस . एस. प्लम्बिङ सेन्टरका सञ्चालक  सुदर्शन बिडारीले प्लास्टिकको डस्टबिन र बाल्टीनहरु प्रदान गरेका छन।

शुक्रबार वडा कार्यलयकै प्राङ्गणमा बिडारीले उक्त सामाग्रीहरु वडा अध्यक्ष किरणमान बललाई हस्तान्तरण गर्नु भएको हो । वडा कार्यलय भित्रको फोहोर मैलालाई व्यबस्थापन गर्न ती सामाग्रीहरु दिइएको प्रोपाइटर बिडारीले बताउनु भयो ।

करिव २० हजार मूल्य बराबरको तीन थान डस्टबिन र केही थान बाल्टिहरु सौजन्य स्वरुप दिइएको उहाँले बताउनु भयो ।आफूले सकेको सहयोग गर्न कहिल्यै नहिचकिचाउने सहयोगी बिडारीले यस अघि पनि थाहा नगरपालिका वडा नं ६ मा रहेको बज्रबाराही स्वाथ्य चौकी र वडा नं ९ मा रहेको चित्लाङ स्वास्थ्य चौकीलाई यसै गरी फोहोरमैला नियन्त्रण र ब्यबस्थापनको लागी बाल्टीन तथा डस्टबिनहरु उपलब्ध गराउनु भएको थियो