पछिल्लो २४ घण्टामा थप २२ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३१ साउन । देशभर पछिल्लो २४ घण्टामा थप २२ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १२ हजार एक सय ६ जनामा कोरोना परीक्षण गरिएको थियो।                                                                                                                    कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार दुई सय ९२ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यस अवधिमा १८ सय ६७ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ।