शिवपुरी गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा अर्को फड्को : डिजिटल एक्सरे सञ्चालन
शिवपुरी भदौ २ नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिकामा डिजिटल एक्सरे सेवा सञ्चालनमा आएको छ। गाउँपालिकाले सञ्चालन गरेको शिवपुरी आधारभूत अस्पतालमा डिजिटल एक्सरे सेवा सुरु गरिएको हो । 
गाउँपालिकाका स्वास्थ्य संयोजक उद्धव कार्कीका अनुसार जिल्लामै गाउँपालिकाहरु मध्यमा नै पहिलो पटक यो सेवा सुरु गरिएको हो । यो सेवाबाट शिवपुरी गाउँपालिका मात्र नभएर छिमेकी गाउँपालिकाका बिरामी समेत लाभान्वित भएका छन् । 
जापानिज कोनका ब्रान्डको सी आर सहितको एक्सरे सेवा जडान गरिएको छ । गाउँपालिकाको आधारभूत अस्पतालमा निशुल्क रेबिज खोप सेवा, टीटी खोप सेवा, २४ सै घण्टा सुत्केरी सेवा उपलब्ध छ । 



