बागमती प्रदेश पर्यटन विकास र विधयेकका वारेमा अन्तरक्रिया
काठमाडौ भदौ ५ बागमती प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकका वारेमा अन्तरक्रिया गरिएको छ । बागमती प्रदेसकि उपसभामुख राधिका तामाङको प्रमुख अतिथिमा भएको थियो । बागमती प्रदेस उद्योग ,पर्यटन तथा वातावरण समितिको आयोजना र पर्यटन उपसमितिको संयोजनमा भएको अन्तरक्रियामा पर्यटन क्षेत्रका विभिन्न संघ संगठन संग छलफल गरिएको थियो। 
बागमती प्रदेस उद्योग ,पर्यटन तथा वातावरण समितिकी सभापति रमा आले मगरको अध्यक्षतामा नेपाल पर्यटन बोर्डमा भएको सो अन्तरक्रिया कार्यक्रममा पर्यटन उपसमितिका संयोजक कुसुमकुमार कार्कीले विधयेक प्रस्तुतीकरण गरेका थिए। 
बागमती प्रदेशमा पर्यटन क्षेत्रको विकास र प्रवर्धनका लागि स्थानीय तह र जिसस संग अन्तरक्रिया गरेको समितीले नेपालमा पर्यटन क्षेत्रमा सक्रिय रहेका TAAN ,HAAN, NATA सहितका संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको सो अन्तरक्रिया कार्यक्रममा प्रस्तावित विधयेकका विभिन्न दफा र शिर्षकहरुमा व्यापक छलफल भएको थियो। 
बागमती प्रदेस उपभोक्ता हित संरक्षण उपसमितीका संयोजक निमा लामाले स्वागत मन्तव्य राखेको उक्त अन्तरक्रिया कार्यक्रममा समितीका सदस्यहरु नरोत्तम बैध ,पार्वती सिलवाल , राजेन्द्र गुरुङ ,सिता लामा ,कल्पना नेपाली , प्रतिमा श्रेष्ठ , प्रदेस मन्त्रालयका सचिव कृष्णहरी खड्का लगायतको उपस्थिति रहेको थियो।



