भेरोसेल खोप दोस्रो मात्रा लगाइने बारेमा टाेखा नगर प्रमुखको अपिल

टाेखा नगरपालिकामा भित्र यस अघि पहिलो खोप लगाएका व्यक्तिहरुलाई मात्र वडा स्तरमा खोप दिन लागिएको हो।

भेरोसेल खोपको दोस्रो मात्राका लागि टाेखा नगरपालिकाका ११ वटै खोप केन्द्रहरु टाेकिएको छ । जसमा बाैडेश्वर मावि टाेखा वडा नं.१, टाेखा वडा २ कार्यालय भवन,सरस्वती मावी भवन टाेखा वडा नं.३,धापसी मावी टाेखा वडा नं.४,श्री समाज भवन टाेखा वडा नं.५,व्हाइट माउन्टेन स्कुल हरियाली वस्ती टाेखा वडा नं.६,तिलिङ्गटार मावी टाेखा वडा ७ , गाेंगबुं स्वास्थ्य चौकी भवन टाेखा वडा नं.८,लार्के आवासीय मावी टाेखा वडा नं.९,मनोहर मावी टाेखा वडा १० र सामुदायिक भवन टाेखा वडा नं.११ गरि ११ स्थानलाई खोप केन्द्र टाेकिएको छ।

खोप लगाउन अनलाइन दर्ताको लागि https://vaccine.mohp.gov.np/मा log in गर्न सकिन्छ।

टाेखा नगरपालिकाको सुचना :

११ भाद्र २०७८, शुक्रबार