नेकपा एकीकृत समाजवादीको पर्यटन व्यावसायि सगंठनको अध्यक्षमा अन्जन थापा चयन
काठमाडौं असोज १५ नेकपा एकीकृत समाजवादी पाटि निकट पर्यटन व्यवसायीहरुको संगठन `पर्यटन व्यवसायी संगठन नेपाल´को अध्यक्षमा अन्जन थापा ‘कुमार’ चयन भएका छन । संगठनको बिहीबार राजधानीमा सम्पन्न भेलाले थापाको अध्यक्षतामा ६९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्य समितिको उपाध्यक्षहरुमा रामकृष्ण तिमल्सिना ,अर्जुनलाल प्रधान, बिरेन्द्र अधिकारी , दामोदर ढकाल, हरिभक्त श्रेष्ठ, धनबहादुर गुरुङ, तेञ्जिङ्ग शेर्पा र गणेश रिमाल रहेका छन् ।
यस्तै महासचिवमा बद्रि तिमल्सिना, उप महासचिवमा नवराज गौली र केशब धिताल रहेका छन भने सचिवहरुमा प्रदिप पण्डित, सुमन न्यौपाने, बिष्णु बाराकोटी ,अच्युत गुरुङ, तिलक लोहोनी चयन भएका छन । त्यसैगरि, संगठनको कोषाध्यक्षमा नवराज थापा, सह –कोषाध्यक्षमा सुनिल सिलवाल चयन भएका छन् । कुल ६९ सदस्यीय नयाँ कार्यसमितिमा ५० जना केन्द्रिय सदस्य र अन्य पदाधिकारीहरु रहेका छन
नेपालको सबैभन्दा ठूलो उद्योग अन्तर्गत पर्ने पर्यटन उद्योग भएकाले हामी मध्यम पुजि पति बर्गले यसलाई अझै बिस्तार गरेर अघि बढ्नु पर्ने नेकपा (एकीकृत समाजबादी) का नेता तथा स्थायी समिती सदस्य मुकुन्द न्यौपानेले बताए ।
त्यस्तै नवनिर्वाचित अध्यक्ष कुमार थापाले यस सङ्गठन मार्फत व्यवसायी को हकहितका लागी सदैव काम गर्ने जानकारी गराए । कोरोना का कारण थलिएका पर्यटन व्यवसायी लाई माथि उकास्न आवश्यक सम्पूर्ण कार्यमा आफ्नो ध्यान जाने समेत उनले बताएका छन्।



