शिवपुरीमा एमालेको वडा अधिवेशनका लागि सबै तयारी पुरा
काठमाडौ नेपाल कम्युनिस्ट पाटि एमालेको कात्तिक ६ गते देसभर एक साथ वडा अधिवेशन हुन लागिएको छ। यसै क्रममा नेकपा एमालेको नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा वडा अधिवेशनको सबै तयारी पूरा भएको छ।
शिवपुरीका एमाले नेता बिष्णु श्रेष्ठले दिएको जानकारी अनुसार शिवपुरी गाउँपालिकामा रहेका ८ वटै वडामा ६ गते एक साथ वडा अधिवेशन हुन लागिएको र अधिवेशनको लागि सबै तयारी पुरा भएको बताए।



